• जेष्ठ ३ २०८३, आईतवार

भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

भाद्र २० २०७९, सोमबार

काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा शितलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गरेकी हुन्  ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आएका हुन् । 

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ भने अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले  साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।