काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई नियम सिकाउदा थुनामा परेका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।
पर्यटनमन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका गुरुङलाई गृहमन्त्री बालकृष्ण खाँणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजकले बताए ।
क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।