काठमाडौं । मध्य क्यानडाको सस्काचेवन प्रान्तमा चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मृतक तथा पीडितहरू जेम्स स्मिथ क्री नेशन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानमा फेला परेका थिए। दुई जनालाई उक्त घटनामा सन्दिग्धका रूपमा पहिचान गरिएको छ। तर उनीहरू फरार छन्।
प्रहरीले ३१ वर्षीय डेमियन स्यान्डर्सन र ३० वर्षीय माइल्स स्यान्डर्सनसँग हतियार भएको र उनीहरू खतरनाकलाई खतरनाक मानिएको जनाएको छ।