काठमाडौं । युक्रेनको रेलवे स्टेशनमा रुसी सेनाको आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएको समाचार छ ।
‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने ।
दुईदिन अघि युक्रेनले रुस समर्थक विश्लेषककी छोरीको कारमा बम आक्रमण गरी हत्या गेरको थियो । आजको रुसी आक्रमणलाई यही घटनाको बदला लिएको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए ।