• फाल्गुन २६ २०८२, मंगलवार

मापसे गरेर सवारी चलाउँदा न्यान्सी पेलोसीको श्रीमान पुगे जेल

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । अमेरिकाको प्रतिनिधि सभाकी अध्यक्ष न्यान्सी पेलोसीका पति मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा दोषी पाइएका छन् । उनलाई पाँच दिनको जेल सजाय समेत सुनाइएको छ ।

पल पेलोसीले सन् २०२२ को मेमा आफूले मादक पदार्थ सेवन गरेर गाडी बताउँदै त्यसको कारण गाडी दुर्घटनाको शिकार बनेको पनि स्वीकार गरेका छन् । यद्यपि, पेलोसीलाई यस मामिलामा गम्भीर आरोपबाट मुक्त गरिएको छ । ८२ वर्षीय पल जेलमा भने बस्नुपर्ने छैन ।

दुर्घटनाको राति अर्थात् २०२२ मे २८ का दिन उनी हिरासतमा बसेका थिए जसलाई अदालतले दुई दिनको कैद मानेको छ । यसको साथै उनको राम्रो व्यवहारलाई मध्यनजर गर्दै उनको दुई दिनको सजाय माफ गरेको छ भने एक दिनको सजाय अनुरूपले उनले ८ घण्टा सामुदायिक सेवामा बिताउनुपर्नेछ ।

पल र न्यान्सी पेलोसबीच सन् १९६३ मा विवाह भएको थियो । मंगलबारको सुनुवाइमा पल आफै अदालतमा उपस्थित भएका थिए । बीबीसी