• फाल्गुन २६ २०८२, मंगलवार

एलन मस्कले म्यानचेस्टर युनाइटेडलाई बनाए मजाक

भाद्र १ २०७९, बुधबार

काठमाडौं । विश्वका धनी एकन मस्कले म्यानचेस्टर युनाइटेड फुटबल क्लब किन्ने भनी आफूले गरेको घोषणालाई मजाक गरेको बताएका छन् । मंगलबार ट्विट गर्दै उनले आफूले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका थिए ।

उनको सो घोषणासँगै उनका समर्थकले सोधेको एक प्रश्नमा उनले आफूले मजाकमा मात्रै यस्तो लेखेको र सो क्लब किन्ने योजना नभएको जवाफ दिएका छन् ।

यसअघि उनले सामाजिक सञ्जाल ट्विटर किन्ने घोषणा गरेपनि त्यसबाट पछि हटेका थिए । यसपटक पनि म्यानचेस्टर युनाइटेड फुटबल क्लब किन्ने घोषणा गरेपनि लगत्तै यो मजाकको विषय भएको बताएपछि उनका समर्थकहरुमा उनीप्रतिको विश्वासमा कमी आएको अनुमान गरिएको छ ।