• फाल्गुन २६ २०८२, मंगलवार

बोल्न थाले छुरा प्रहार गरिएका लेखक रुस्दी

भाद्र १ २०७९, बुधबार

काठमाडौं । गतसाता न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा परेका बेलायती लेखक सलमान रुस्दी बोल्न थालेका छन् ।

अनुसन्धानकर्ताहरूसँगको कुराकानीमा रुस्दी बोल्न थालेका कानून प्रवर्तन अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् ।

कार्यक्रमको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो ।

कानुन प्रवर्तक अधिकारीका अनुसार लेखक सोमबार होसमा थिए र उनी अनुसन्धानकर्ताहरूलाई जवाफ दिन सक्षम थिए ।

यद्यपि, विश्वलाई स्तब्ध पार्ने हमलाको सम्बन्धमा रुस्दीले अनुसन्धानकर्ताहरूलाई के भनेका थिए भन्ने कुनै उल्लेख छैन ।