• फाल्गुन २६ २०८२, मंगलवार

स्वतन्त्रता दिवसको खुसियाली बाँड्ने दिनमै मोदीले व्यक्त गरे यति ठूलो पीडा

श्रावण ३० २०७९, सोमबार

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभित्र ठूलो पीडा भएको बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लालकिल्लाबाट देशको नाममा गरिएको सम्बोधनमा उनले यस्तो पीडा व्यक्त गरेका हुन् ।

भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा उनले भने, ‘मेरो मनमा एउटा निकै ठूलो पीडा छ । म यो पीडा व्यक्त नगरी बस्न सक्दिनँ । यो लालकिल्लाबाट भन्ने विषय पनि नहुन सक्छ । तर मभित्रको यो पीडा मैले आफ्ना देशवासीलाई नभने अरु कसलाई भनुँला ?’

मोदीले भने, ‘कुनै न कुनै कारणले हामीभित्र एउटा यस्तो विकृति आएको छ । हाम्रो बोलीचालीमा, हाम्रो व्यवहारमा, हाम्रा केही शब्दमा, हामी नारीको अपमान गर्छौं । के हामी स्वभावले, संस्कारले, दैनिक जीवनयापनमा नारीलाई अपमानित गर्ने हरेक कुरासँग मुक्तिको संकल्प लिन सक्छौँ ?’

मन्तव्यमा मोदी थप्छन्, ‘नारीको गौरव राष्ट्रको सपना पूरा गर्ने निकै ठूलो पूँजी बन्ने वाला छ । त्यसैले मेरो यो तपाईंहरु सबैसँग आग्रह छ ।’ आजभन्दा ७५ वर्षअघिसम्म भारत बेलायतको उपनिवेसमा थियो ।