• फाल्गुन २६ २०८२, मंगलवार

अष्ट्रेलियाको राजधानीमा गोलीबारी, खाली गरियो विमानस्थल

श्रावण २९ २०७९, आईतवार

काठमाडौं । अष्ट्रेलियाको राजधानी क्यानबेरामा गोलीबारी भएको छ । गोलीबारीको घटनापछि विमानस्थल खाली पारिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरुले तीनवटा गोली चलेको आवाज सुने । प्रहरीले एक संदिग्ध व्यक्तिलाई हिरासतमा पनि लिएको छ ।

हालसम्म कोही पनि घाइते भएको कुनै पनि सूचना प्राप्त छैन । केन्द्रीय प्रहरीले विमानस्थलको अनुसन्धान गरिरहेको छ । यसबारे विस्तृत जानकारी प्राप्त हुनै बाँकी छ । यो गोलीबारी टर्मिनल ‘के’ को चेक इन पोइन्टमा भएको हो ।