काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजा १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतिततोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।
बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ।