• जेष्ठ २ २०८३, शनिबार

जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा

श्रावण २४ २०७९, मंगलवार

काभ्रे ।  काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

हरेक जनैपूर्णिमाको अवसरमा गाउँपालिकाको केन्द्रमा पर्ने नारायण मन्दिर परिसरमा भव्य मेला लाग्ने भएकाले त्यसका लागि गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरका अनुसार परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको हो  ।

यही साउन २६ र २७ गते पालिका भित्रका सबै कार्यालय, शैक्षिक सङ्घ/संस्था र स्वास्थ्य संस्था बन्द हुने छन् ।