• फाल्गुन २६ २०८२, मंगलवार

गायिका तथा अभिनेत्री ओलिभिया न्यूटनको निधन

श्रावण २४ २०७९, मंगलवार

काठमाडौं । पप स्टार मध्येकी एक गायिका तथा अभिनेत्री ओलिभिया न्यूटन जोनको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी जोनको निधन भएको उनका ७३ वर्षीय श्रीमान् जोन इस्टरलिङले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

जोनले लेखेका छन् ‘ओलिभिया न्यूटन–जोनको आज बिहान दक्षिणी क्यालिफोर्नियामा निधन भयो । यस समयमा उनी आफ्नो परिवार र साथीहरूसँग थिइन् । यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गर्दछौ ।’ ओलिभिया विगत ३० वर्षदेखि स्तन क्यान्सरबाट पीडित रहेको समेत उनले खुलाएका छन् ।