काठमाडौं । युक्रेनमा रुसको राडार प्रणाली र अमेरिकाको राडार प्रतिरोधी प्रणाली आमने सामने हुने भएका छन्।
सोमबार अमेरिकाको रक्षा मन्त्रालयले युक्रेनले राडार प्रतिरोधी मिसाइल पठाइएको घोषणा गरको हो। यसअघि अमेरिकाको पहिचान नखुलाई युक्रेनलाई मिसाइल पठाइएको जानकारी दिएको थियो। सीएनएन समाचारका अनुसार अमेरिकाले अहिले युक्रेनलाई एजीएम–८८ उच्च क्षमताको राडार प्रतिरोधी मिसाइल पठाएको हो।
यसको क्षमता ३० माइलसम्मको हुने समाचारमा उल्लेख छ। अमेरिकाले युक्रेनको सेनालाई सशक्त बनाउन आफ्नो सहयोग जारी रहने बताएको छ।
गत फेब्रुअरीयता रुसले निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ। पछिल्लो समय भने उसले आफ्नो आक्रमण पूर्वी क्षेत्रतर्फ केन्द्रित गरेको छ।