• जेष्ठ २ २०८३, शनिबार

फोहोर बोकेर बञ्चरेडाँडा गएको २४ वटा गाडी तोडफोड

श्रावण २४ २०७९, मंगलवार

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ ।

२४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी पाएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् ।

सोमबार दिउँसो धुनवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुनपर्ने भन्दै आन्दोलन गरेका थिए। महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो।