काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको २०७९ आषाढ ७ गतेको १२० औं बैठकको निर्णयबाट सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादेश्रेष्ठ पुनः नियुक्त भएका छन् ।
उनको यो दोस्रो कार्यकाल हो । श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादेश्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सोही अवसरमा उनले आफूलाई सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयर धनी, कम्पनीमा कार्यरत समस्त सहकर्मीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।