• जेष्ठ २ २०८३, शनिबार

सर्वोच्चमा आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ।

सर्वोच्चमा पाँच वर्ष नाघेका ४ हजार ८ सय १९ बढी मुद्दा छन् । अदालतले पुराना बक्यौता मुद्दा न्यूनिकरण गर्नका लागि शुक्रबार पनि पुरा समय दिन लागेको हो ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि (आजदेखि) लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो।