• जेष्ठ २ २०८३, शनिबार

प्रहरीकै पेस्तोल ताकेर चिनियाँ नागरिकको अपहरण, दुई प्रहरीसहित ६ जना सार्वजनिक

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं लैनचौरबाट एक चिनियाँ नागरिक अपरहण गर्ने मध्ये २ जना प्रहरी रहेको खुलेको छ । एक जना न्यायाधीशका पिएसओ (पर्सनल सेक्युरेटी अफिसर) र अर्का एक बालाजु वृत्तका घुमुवा प्रहरी रहेको खुलेको छ।

न्यायाधीशका पिएसओमा ३७ वर्षीय कर्णबहादुर गुरुङ हुन् भने अर्का घुमुवा प्रहरी भने शिव सुनार हुन्। पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी छन्।