काठमाडौं । काठमाडौं लैनचौरबाट अपहरणमा परेका एक चिनियाँ नागरिकको अपहरणमा न्यायाधीशकै पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) रहेको खुलेको छ ।
अपहरण आरोपमा पक्राउ परेका मध्ये एक जना बहालवाला न्यायाधीशका पिएसओ रहेको खुलेको हो। पिएसओ र न्यायाधीशको विवरण भने प्रहरीले खुलाएको छैन।
अपहरण आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। ६ जनाको समूहमा रहेका अपहरणकारीले चिनियाँ नागरिकसँग १ करोड रुपैयाँ फिरौति मागेका थिए । चिनियाँ नागरिकको परिवारले ५० लाख दिन तयार भएपछि गोंगबुको बिजि महल अगाडि पैसा बुझ्न जाने क्रममा ६ जनालाई प्रहरीले पक्रेको थियो ।