• जेष्ठ २ २०८३, शनिबार

काठमाडौंबाट चिनियाँ नागरिकको अपहरण, ६ जना पक्राउ

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । काठमाडौं बुधबार साँझ लैनचौरबाट एक जना चिनियाँ नागरिक अपहरित भएका छन् ।

प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिक अपहरित भएको थाहा पाए लगतै जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले खोजीमा लागेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको बताए । उनीहरुले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ फिरौती मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ । तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ।

उनीहरुलाई विस्तृत अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी रहेको छ ।