• जेष्ठ २ २०८३, शनिबार

आज यी प्रदेशमा चट्याङसहित भारी वर्षा हुने, आवश्यक सतर्क रहन आग्रह

श्रावण १९ २०७९, बिहीबार

काठमाडौं । लगातार चार दिनयता देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशका अधिकांश प्रदेशमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिदेखि कास्कीका केही स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायतका स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै गण्डकी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उक्त महाशाखाले आरी गरेको बुलेटिनमार्फत आग्रह गरेको छ ।