काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । राप्रपाले काठमाडौंसहित देशभरका सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।
बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो । भ्रष्टाचार, नागरिकता विधेयक, संघीयतालगायतको विरोधमा प्रदर्शन गरेको हो।
माइतीघर मण्डलामा पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरुले निधारमा कालोपट्टी बाँधेका थिए। माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शन गरिएको हो।