• मंसिर १३ २०८१, बिहीबार

भदौ ५ गतेदेखि पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइने

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । देशभरका ५० जिल्लामा पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी सञ्चालन गरेको खोप अभियानको दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।