• बैशाख २६ २०८३, शनिबार

मंसिर ४ गते चुनाव गर्ने ,सत्ता गठबन्धनमा सहमति

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको एक नेताले बताए ।

ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावका मिति घोषणा गर्ने छ ।

जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ।