• जेष्ठ २ २०८३, शनिबार

कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै , एकै दिन ९१५ जनामा सङ्क्रमण पुष्टि

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन ।

त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।