• फाल्गुन २६ २०८२, मंगलवार

नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेपछि चीनले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण

श्रावण १८ २०७९, बुधबार

काठमाडौं । अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन्।

बुधबार ताइवानको संसदमा सम्बोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन्। पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन्।

पोलेसीले संसदमा सम्बोधन गरेपछि अमेरिकी राजदूतसँग चीनले जवाफ मागेको छ । चीनको विदेश मन्त्रालयले पेलोसीले ताइवान भ्रमणबाट जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बर्न्सलाई बोलाएको छ।

चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्।