काठमाडौं । आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्यान्हतिर देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जारी गरेको बुलेटिनमार्फत जानकारी गराइएको छ ।
महाशाखाको बुलेटिनअनुसार आज राती बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेका प्रदेशहरूमा पहिरो, नदी, नाला र तालतलैयाको बहावको जोखिम रहनुको साथै खहरे खोलाहरू सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।