• जेष्ठ २ २०८३, शनिबार

सरकारले गर्यो होटल निरिक्षण , ९८% होटल गुणस्तरहीन

श्रावण १७ २०७९, मंगलवार

काठमाडौं। एक वर्षमा भएको बजार अनुगमनका क्रममा १४.५ प्रतिशत होटल र रेष्टुरेन्टले गुणस्तरहीन सेवा दिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७८ ÷ ७९ मा गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्यांक भेटिएको हो ।

विभागले गत वर्ष ६३६ वटा होटल र रेष्टुरेन्टको स्तरीकरण परीक्षण गरेको थियो । सेवाका आधारमा गरिएको स्तरीकरणका क्रममा साढे १४ प्रतिशत अर्थात ९२ वटा होटल र रेष्टुरेन्टले दिने सेवा गुणस्तरहीन रहेको पाइएको हो ।

यस्तै, १७ वटा अर्थात २.७ प्रतिशतले अति उत्तम सेवा दिँदै आएको पाइएको थियो । यसैगरी, १०३ वटा अर्थात १६.२ प्रतिशत होटल रेष्टुरेन्टले उत्तम सेवा दिइरहेको पाइयो भने २३८ अर्थात ३७.४ वटा होटल रेष्टुरेन्टले सन्तोषजनक सेवा दिइरहेको पाइएको विभागले जानकारी दिएको छ ।

यसबाहेक १८६ वटा होटल रेष्टुरेन्ट अर्थात २९.३ प्रतिशतले सामान्य किसिमको गुणस्तरसहित सेवा दिइरहेको पाइएको विभागले जनाएको छ ।