काठमाडौं । लगातारको वर्षातका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं जाने र आउने सवारी साधन रोकिएका छन् ।
डोजरको सहायताले पहिरो पन्छाई बाटो खुलाउने प्रयास भइरहेको छ । मुग्लिन–नारायणगढ सडकखण्डको केराघारी भन्ने स्थानमा माथिबाट आएको पहिरोले बाटो अवरुद्ध भएको हो ।
यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नवलपुर र चितवन जिल्ला वरपरका क्षेत्रमा भारी वर्षा भएका कारण स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
प्राधिकरणले पछिल्लो ३ घण्टामा नवलपुरस्थित आरूण बतासा वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको, आरूण खोला लगायतका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्रमा बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।



तस्वीर: पत्रकार गोपाल चन्दको फेसबुकबाट ।