काठमाडौं । आज (मंगलबार) बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी र , लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका अधिकांश स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।
त्यस्तै राती कर्णाली र सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आवश्यक सतर्कता अपनाउन महाशाखाले जारी गरेको बुलेछिनमार्फत अनुरोध गरेको छ ।
हिजो (सोमबार)देखि देशभर मनसुन सक्रिय रहेको महाशाखाले जनाएको छ ।