काठमाडौं । पाटन जेसीज र नेपाल क्षयरोग निवारन संस्था, ललितपुर संयुक्त आयोजनामा जेसीज सप्ताह २०२२ सम्पन्न भएको छ ।
सावन ८ गतेबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम सावन १४ गते समापन भएको हो ।
नयां पुस्ता देशका कर्णधार भएको हुँदा विद्यार्थीहरु लाई लक्षित गरी अन्तर विधालयस्तर कार्यक्रम आयोजना गरिएको पाटन जेसीज २०२२ का अध्यक्ष जेसी प्रवेश मल्लले जानकारी दिए ।
पहिलो कार्यक्रम क्षयरोग निवारणमा विद्यार्थीहरुको भूमिका शिर्षक निबन्ध कार्यक्रम प्रतियोगिता सम्पन्न भएको थियो । डा. सन्त विर मर्हजन प्रतियोगिताको निर्णयक थिए ।
त्यस्तै दोस्रो कार्यक्रम चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ चित्रकार वस्त गोपाल बैद्य निर्णायको भूमिका निभाएका थिए ।
तेस्रो दिनको कार्यक्रम अंतर्गत ‘जेसीज र समाज’ शिर्षकमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा निर्णयक मण्डलमा नेपाल औषधी व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्र विर महर्जन, पाटन जेसीज २०११का अध्यक्ष जेसी राकेश भक्त मुल्मी र पाटन जेसीज २००५का अध्यक्ष जेसी अरुण शंकर बैद्य रहेका थिए ।
चौथो दिनको कार्यक्रममा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ललितपुरका प्रशिक्षक दिवेश कार्कीले प्रशिक्षण दिएका थिए ।
पाँचौं कार्यक्रम अन्तगर्त उद्घोषण कला प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रममा किर्तिपुर जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय कोषाध्यक्ष जेसी हर्षमान महर्जनले प्रशिक्षण दिएका थिए ।
छ्रैठौं कार्यक्रम अंतर्गत क्षयरोग सम्बन्धी जनचेतना जानकारी दिइएको थियो । नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यलयका निरज डिसीले क्षयरोग सम्बन्धी जानकारी दिएका थिए ।
जेसीज सप्ताहको सातौ दिन चीत्रकला प्रदशनी साथै पुरस्कार तथा समापन समारोह रहेको थियो जस्को प्रमुख अतिथि बागमती प्रदेस, संस्कृति तथा पर्यटनमन्त्री थिए । साताव्यापी कार्यक्रममा विभिन्न १० वटा विधालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
जेसीज सप्ताहका मुख्य संयोजक पाटन जेसीज २०२२ का उपाधक्ष्य जेसी रश्मी तण्डुकारले गरेका थिए । त्यस्तै जेसी निसिमा जोशी, जेसी रोहील मर्हजन, जेसी बर्षा जोशी, जेसी रविन श्रेष्ठ, जेसी श्रेया अमात्य, जेसी अनुष्का श्रेष्ठ र जेसी जश्मीन जोशीले कार्यक्रममा सह संयोजकत्व गरेका थिए ।
पाटन जेसीज २०२२का अध्यक्ष जेसी प्रवेश मल्लले सप्ताहव्यापी कार्यक्रमको लागि सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गरे । सप्ताहव्यापी कार्यक्रम पाटन उच्च माविमा भएको हो ।