• मंसिर १३ २०८१, बिहीबार

एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, २६४ जना संक्रमणमुक्त

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।