• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकामा मच्चियो अर्को गोलीकाण्ड, ७ जना घाइते

श्रावण १६ २०७९, सोमबार

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन् ।

घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी अझै फरार छन् । स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाए ।

एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए । आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ ।

आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन । गैरसरकारी सस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन् ।