काठमाडौं । नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापा मगर सर्वसम्मतले चयन भएका छन्।
लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो। संघको शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सभापतिमा दिनेश थापा मगरलाई सर्वसम्मतले चयन गरेको छ।
नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापा मगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । थापामगर नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति चयन हुन सफल भएका हुन् ।
उनले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए । उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
शनिबारको बैठकले निवर्तमान सभापति ओम थापा घर्ति मगरलाई सल्लाहकार नियुक्त गरेको छ । उनी नेपाल लोकतन्त्रवादी आदीबासी जनजाति महासंघको सभापतिमा नियुक्ती भए लगत्तै बैठकले वरिष्ठ उपाध्यक्ष दिनेश थापामगरलाई सपभापतिमा चयन गरेको हो ।
केन्द्रीय बैठकले संघको अधिवेशन सकेर केन्द्रीय महाविशेन गर्ने निर्णय गरेको छ ।