• जेष्ठ २ २०८३, शनिबार

आज देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्र

श्रावण १५ २०७९, आईतवार

काठमाडौं । आज (आइतबार) देशभर आंशिक स्थानमा सामान्य बदली रहेको छ । धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यतिबेला प्रदेश १ र बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेकोले सतर्क रहन उक्त विभागले अनुरोध गरेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।