काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीयता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
पोखराको पृथ्वीचोकमा आज शनिबार संघीयता खारेजी, नागरिकता विधेयक, एमसीसीलगायत २२ बुँदे माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन गर्दै राप्रपाले स्वरुप १० मिनेट चक्काजाम समेत गरेको बताएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
‘हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाव दिन सांकेतिक रुपमा चक्काजाम गरेका हौं’, उनले भने ।