काठमाडौं । अमेरिका र युरोपेली मुलुकहरुको उक्साहटमा छिमेकी रुसविरुद्ध नजित्ने युद्धमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाएका छन् ।
रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् ।
जेलेन्स्कीले ती बन्दीहरुलाई रुसले मारेको आरोप लगाएका छन् भने रुसले भने युक्रेनले नै आक्रमण गरेर उनीहरुको हत्या गरेको आरोप लगाएको छ । ती बन्दीहरु रुस विरुद्ध लड्न पठाइएका युरोप तथा अमेरिकाका सेनाहरु हुन्, जो युद्धका क्रममा रुसी सेनाको नियन्त्रणमा आएका थिए ।
यही आरोप प्रत्यारोपका बीच जेलेन्स्कीले रुसकोलाई आतंकवादको प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई हुनुपर्छ भन्ने देखाएको छ ।
‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु । रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुनी मान्यताको निणर्य आवश्यक छ’ अबेर राती उनले भने । रुसविरुद्ध अमेरिकी तथा युरोपीयन देशहरुले प्रयोग गरिरहेको आरोप लागेका जेलेन्स्कीलाई रुससित लड्नका लागि अमेरिका तथा युरोपीयन देशहरुले खुलेआमरुपमा हतियार तथा पैसा उपलब्ध गराइरहेका छन् ।
झण्डै ५ महिनासम्म चलेको युद्धमा युक्रेनको लगभग ३० प्रतिशत भूभाग रुसी सेनाले कब्जामा लिइसकेको बताइन्छ । पछिल्लोचरणमा रुसले उसले कब्जा गरेका युक्रेनी भूभागमा रुसी नागरिकता वितरण गरिरहेको समाचारहरु पनि आएका छन् ।
युक्रेन पुरानो रुसी भूभाग हो । रुसी सोभियत संघको विघटनसँगै युक्रेन लगायत १५ वटा गणराज्यहरु रुसबाट अलग भएका थिए । रुसलाई कामजोर पार्नका लागि अमेरिकाले गरेको षडयन्त्रका कारण ती भूभागहरु टुक्रिएका हुन् ।
ती देशहरुलाई प्रयोग गरेर अमेरिकाले रुस विरुद्ध घेराबन्दी गर्ने र सिध्याउने योजना अनुरुप युक्रेनलाई उक्साएर रुस विरुद्ध लड्न अघि सारेपछि रुसले यसको बदलास्वरुप युक्रेन माथि आक्रमण गरेको बताएको छ । युक्रेनमा अमेरिकाले हतियार कारखाना पनि खोलेको छ ।