काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि गणतन्त्र पोल्याण्डका गैर आवासीय राजदूत आडम बुराकोव्सकीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६३ बर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गरेका छन् । उनीहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हितका विषयमा कुराकानी भएको थियो ।
पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताए।