• बैशाख २६ २०८३, शनिबार

दोलखामा नेकपा (बहुमत) का नेता र सरकारी पदाधिकारी बीच भेटघाट, के विषयमा भयो छलफल ?

श्रावण १३ २०७९, शुक्रबार

नकुल चौलागाईं, दोलखा । नेकपा (बहुमत)ले जिल्लामा स्थानीय निकायका पदाधिकारीसित छलफल गर्ने अभियान चलाएको छ ।

सो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पार्टीको सिन्धुपाल्चोक–दोलखा इन्चार्ज विनयराज शर्मा र पार्टीका संयोजक अञ्जान लामाको अगुवाईमा सङ्गठन विस्तार अभियानसँगै विभिन्न राजनीतिक दल, स्थानीय निकायका पदाधिकारीसँग छलफल सुरु गरेका हुन् ।

दोलखा इञ्चार्ज विनयराज शर्मा जिल्ला संयोजक अञ्जान लामा, सो पार्टीका भिमेश्वर नगर इञ्चार्ज ईश्वर कार्की र सदस्यहरु विशाल जिरेल लगायत नेता–कार्यकर्ता लागयतका सहभागी रहेका छन् ।
सो अवसरमा देशको समसामयिक राजनीतिक र स्थानीय समस्याका विषयमा जिल्ला प्रशासन कार्यालय प्रमुख, भिमेश्वर नगरपालिका मेयर ईश्वरनारायण मान्धर, स्वास्थ कार्यालय प्रमुख र नेपाली काङ्ग्रेसका जिल्ला सभापति बर्म लामासँग विविध विषयमा छलफल गरिएको थियो ।

छलफलमा इञ्चार्ज शर्माले आफ्नो पार्टीले शान्तिपूर्ण ढंगले जनताका समस्याका बारेमा संघर्ष गरेकोले प्रहरी प्रशासनले कुनै पनि अवरोध गर्न नहुने र बरु राष्ट्रिय स्वाधीनता बचाउन, भ्रष्टाचार मुक्त नगरपालिका बनाउन र बेरुजू अन्त्य गर्न स्थानीय निकाय र आफ्नो पार्टीले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

छलफलमा सरकारले विदेशीसित राष्ट्रघाति सम्झौता गर्न नहुने र जनजीविकासँग सम्बन्धित विषयमा पनि छलफल भएको थियो ।

छलफलमा सहभागी सरकारी अधिकारीहरुले नेकपा (बहुमत)का नेता–कार्यकर्ता सरकारी कार्यालयमै उपस्थित भएर सुशासनका लागि सुझाव दिएकोमा आफूहरुलाई जनताको काम गर्न प्रोत्साहन मिलेको धारणा राखे ।

सरकारी अधिकारीहरुले नेकपा (बहुमत)ले जनता र राष्ट्रका लागि चाल्ने राम्रा कामहरुमा स्थानीय निकायको सहयोग रहने उनीहरुले बताए ।