काठमाडौं । अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको पत्र प्राप्त भइसकेको बताएको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले सो जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।