• जेष्ठ २ २०८३, शनिबार

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ

श्रावण १३ २०७९, शुक्रबार

काठमाडौं । आजका लागि कृषि उपज तरकारी तथा फलफूलहरुको बजार मूल्य तोकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

उक्त समितिले तोकेको मूल्यअनुसार अदुवा प्रतिकिलो न्यूनतम् ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्युनतम् ३२० रुपैयाँदेखि ३५० रुपैयाँसम्म, अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म, आभोकाडो ५०० रुपैयाँदेखि ५५० रुपैयाँसम्म, इमली प्रतिकिलो १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म र काउली स्थानीयको ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म रहेको छ ।

कागती प्रतिकिलो १४० रुपैयाँदेखि १६० रुपैयाँसम्म, किवि प्रतिकिलो ६०० रुपैयाँदेखि ६५० रुपैयासम्म, कुरीलो प्रतिकिलो ३५० रुपैयाँदेखि ४५० रुपैयाँसम्म, केरा प्रति दर्जन १५० रुपैयाँदेखि १६० रुपैयाँसम्म, गान्टे मूला प्रतिकिलो ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको सो विकास समितिले जारी गरेको मूल्य सूचीमा उल्लेख छ ।

हेर्नुस् मूल्य सूची :