काठमाडौं । आज (शुक्राबार) देशका धेरै स्थानमा सामान्य बदली रहने भएको छ । बिहानैदेखि प्रदेश १ का केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भारी वर्षाको हुने भूभागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरू उर्लिने र पानीको सतह बढ्नसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।