• बैशाख २६ २०८३, शनिबार

आफ्नै भूमिमा असहज अवस्थामा बसेकाहरुको लागि नागरिक विधेयक ल्याइएको हो : गृहमन्त्री खाँण

श्रावण १२ २०७९, बिहीबार

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नै भूमिमा असहज अवस्थामा बसेकाहरुको लागि नागरिक विधेयक ल्याइएको बताएका छन् ।

राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले संविधान बनेको सात वर्ष पूरा हुँदासमेत लाखौँ नेपाली युवाले नागकिरता पाउन नसकेकाले उनीहरुलाई नागरिक बनाउन विधेयक ल्याइएको बताएका हुन् ।

नागरिकता नपाएकाहरुमा बढी निराशा रहेको र आफ्नै भूमिमा असहज अवस्थामा बस्नु परेकाले उनीहरुलाई कसरी नेपाली नागरिक बनाउने भन्ने चाहनाअनुसार विधेयक ल्याइएको उनले बताउदै यसपटकको विधेयकमा सत्तासीन दल र प्रतिपक्षी दलसँग बारम्बार छलफल गरेर नै विधेयक अघि बढाइएको प्रष्ट्याए।

‘यसमा सबैको सहमति छ, सहमति भएकालाई अघि बढाऔँ, जुन विषयमा सहमति जुट्न सकेको छैन, त्यसलाई फेरि सहमति गरौँ,’ जवाफका क्रममा गृहमन्त्री खाणले भने। पहिलो विधेयक आउँदा वैवाहिक अङ्गीकृतको विषयमा नआएको तर समितिको छलफलपछि मात्रै आएको उनले उल्लेख गरे।