काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंग नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
आज बिहिबार पौडेल निवास बोहोराटारमा पुगेर राजदूत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।
राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेको नेता पौडेलको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ ।