• बैशाख २६ २०८३, शनिबार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे

श्रावण १२ २०७९, बिहीबार

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।

काठमाडौँस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र दुई दिने नेपाल भ्रमणको सिलसिलामा लु काठमाडौँ आइपुगेको जनाएको हो ।

लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत लुको भ्रमणबारे बताएको छ ।  ‘यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’  फेसबुकमा भनिएको छ ।