काठमाडौं । प्रधानसेनापति अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएपछि राष्ट्रिय सभामा सांसदले प्रश्न उठाएका छन् ।
अमेरिकी सैन्य रणनीतिक योजना एसपीपीमा संलग्न नहुने विषयमा सरकारले निर्णय गरेर पनि पत्र नपठाइरहेका बेला प्रधानसेनापतिको सहभागिताको विषयमा प्रश्न उठाइएको हो ।
बिहीबार राष्ट्रिय सभा सदस्य दिल कुमारी रावल थापाले अष्ट्रेलियाको मेलवर्नमा भइरहेको आईपीएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचारबारे सरकारसँग सत्य, तथ्य के हो भन्दै जवाफ माग गरेकी छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद थापाले एकातिर आईपीएसमा सहभागी नहुने सरकारको निर्णय अर्को तिर प्रधानसेनापति आईपीएसको कार्यक्रममा सहभागी हुने भन्दै सरकारको दोहोरो नीतिबारे प्रश्न गरेकी हुन्।