• बैशाख ९ २०८२, मंगलवार

शैक्षिक शूल्क वृद्धिको विरोधमा चक्रवर्ती कलेजमा आन्दोलन

श्रावण ११ २०७९, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीले शैक्षिक शूल्क वृद्धिको विरोधमा चक्रवर्ती कलेजमा शान्तिपूर्ण आन्दोलन गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले विद्यार्थीलाई मनोमानी ढङ्गले शुल्क वृद्धि गरेर विद्यार्थीको ढाड सेक्ने काम गरेकाे आन्दोलनकारीहरुले आरोप लगाएका छन् । छ । पटक-पटक कलेज प्रशासन र विद्यार्थी बसेर शुल्क वृद्धिको विरोध गर्दा समेत विद्यार्थीको माग सम्बाेधन नगरेकाे हुँदा अखिल क्रान्तिकारीले शान्तिपुर्ण आन्दाेलन गरेकाे हो ।

कलेज प्रशासनले शुल्क घटाउनेभन्दा विद्यार्थीहरूमाथि दमन गरेपछि आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयले ताेकेकाे भन्दा कलेजले ४६ प्रतिशतले शुल्क वृद्धि गरेकाले विद्यार्थी आन्दाेलन गर्न बाध्य भएको आन्दोलनकारीले बताएका हुन्  ।

गत सालकाे शुल्क बि.ए.एल.एल.बी ७ लाख १६ हजार ४ सयबाट अहिले १० लाख ७० हजार लिने भएको छ । यस्तै एल.एल.एमको ३ लाख २३ हजार २ सयबाट अहिले ५ लाख ४८ हजार लिने भएको छ ।

कलेज प्रशासनले शूल्क वृद्धि फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने विद्यार्थी संगठनले जनाएका छन् । आन्दोलनका कारण चक्रवर्ती कलेज अनिश्चितकालीन बन्द भएको छ ।