काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (बिहीबार) नेपाल आउने भएका छन् ।
उच्च कूटनीतिक स्रोतका अनुसार दक्षिण तथा मध्य एसिया मामिला हेर्ने लु दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्ने बारे कार्यतालिका भने सार्वजनिक भएको छैन ।
उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आएका थिए ।