• बैशाख ९ २०८२, मंगलवार

कक्षा १२ को परीक्षा समय परिवर्तन

बैशाख ११ २०७९, आईतवार

काठमाडौँ। कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गरी बिहान ८ बजेदेखि ११ बजेसम्म गर्ने निर्णय गरिएको जनाएको छ। यसअघि बोर्डले बिहान ११ देखि दिउँसो २ बजेसम्म समय तोकेको थियो।

कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ।