काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आइतबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ३६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि गत शुक्रबार चाँदी एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको थियो।