• मंसिर १४ २०८१, शुक्रबार

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्वारा पदभार ग्रहण

चैत्र २६ २०७८, शनिबार

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदले चैत्र २४ गते गरेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन् । कम्पनीको केन्द्रीय कार्यालयमा उनले आज पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।

नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले पदभार ग्रहण गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन् । उनले पदभार ग्रहण गर्दै नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने जनाएका छन् ।

सो अवसरमा निर्देशक पौडेलले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।